यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, ‘डिभोर्स’ पनि गरे
आईतवार काठमाडौं । सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्कासँगको प्रेमका कारण चर्चामा थिइन् । आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा रहेको खबर आइरहेको थियो पहिले । तर, केही दिन यता यी दुईको ब्रेकअप भएको गाइँगुइँ चल्न थालेको छ । यस्ता गसिप त फिल्मी क्षेत्रमा सामान्य भइसकेका छन् । यहाँ भने हामीले प्रेमको हैन, बिहे भएर पनि डिभोर्स भएका केही सेलिब्रेटीलाई जोड्न खोजेका छौँ । शिल्पा पोखरेल नायिका शिल्पा पोखरेल यतिबेला चर्चामा छिन् । किनभने उनले हालै छविराज ओझासँग डिभोर्स दिने चर्चा थियो । छविराज ओझासँग त अझै डिभोर्स भएको छैन तर ओझाका अनुसार शिल्पाको छविसँग l
छविराज ओझा र रेखा थापा नायिका रेखा थापाले आफ्ना पति छविराज ओझासँग झण्डै १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएर डिभोर्स गरेकी थिइन् । त्यसपछि भने रेखा एक्लै छिन् । कुनै बेला नेपाली फिल्म क्षेत्रमा एकछत्र
यता छविराज ओझाले भने रेखासँग पारपाचुके भएपछि शिल्पा पोखरेलसँग बिहे गरेका थिए । यी दुईले बिहे गरेर पनि लामो समयसम्म बिहेबारे केही कुरा पनि बाहिर चुहाएनन् । अहिले यी दुवै
निखिल उप्रेती र सञ्चिता लुइँटेल अभिनेता निखिल उप्रेतीले पनि दोस्रो बिहे गरेका छन् । उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेका थिए । अहिले निखिल र सञ्चिताले आफ्नो जीवन खुशीसाथ बिताइरहेका छन् । रीमा विश्वकर्मा नायिका रीमा विश्वकर्मा मोडलिङ तथा फिल्मी दुनियाँमा रमाउँदा रमाउँदै अस्ट्रेलियामा बस्दै आएका रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । बिहे भएको केही वर्षमै यी दुईको कानूनी रुपमा डिभोर्स भयो । प्रियंका कार्की नायिका प्रियंका कार्की सधै चर्चामा रहिरहने अभिनेत्री हुन् । उनले रोचक मैनालीसँग बिहे गरेकी थिइन् । अमेरिकामा पढ्दै गर्दा प्रियंकाले अमेरिकामै इन्जिनियरिङ गर्दै गरेका रोचक मैनालीसँग बिहे गरेकी थिइन् ।
अञ्जु पन्त गायिका अञ्जु पन्तले गायक तथा संगीतकार मनोजराजसँग बिहे गरेकी थिइन् । तर, उनको बिहेपछिको सम्बन्ध खासै सुमधुर हुन सकेन । यी दुईले झण्डै १० वर्षको आफ्नो सम्बन्धपछि डिभोर्स गरे । भुवन केसी अभिनेता भुवन केसी त झन् करिअर नै कन्ट्रोभर्सीका कारणले सकिएको भनेर पनि भन्ने गरिन्छ । भुवन केसीले नायिका सुस्मिता बम्जनसँग बिहे गरेका थिए । तर यी दुईको वैवाहिक सम्बन्ध जीवनभरका लागि हुन सकेन । यस्तै शिव श्रेष्ठ र गंगा श्रेष्ठ, गौरी मल्ल र प्रज्वल भण्डारी, अरुणिमा लम्साल र अमित अर्याल, झरना बज्राचार्य, मिलन अमात्य र मेन्सन अमात्य लगायत कैयन् सेलिब्रेटीको पनि डिभोर्स भएको छ ।
Leave a Comment